दैलेखको सबैभन्दा अग्लो स्थान महाबुमा छायाँकन गरिएको दुई गितको बुधवार भिडियो सार्वजनिक गरिएको छ । जिल्लाका पर्यटकिय क्षेत्रहरुको दृश्य कैंद गरेर निर्माण गरिएको २ वटा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
जिल्लाका पर्यटकिय क्षेत्रहरुको प्रर्वद्धनमा सहयोग पुग्ने उद्धेश्यले भिडियो सुटिङ गरिएको छ । पुरुष आईटम र गम्भिर किसिमको फरक फरक स्वादमा गित रहेको छ । दैलेखमा छाँयाकन गरिएकोले महत्व धेरै हुन सक्ने मोडल तथा गायक अभिषेक अनुरागले बताए ।
रिसाएकी प्रेमीकालाई फकाउनका लागि “फुल टिपी लाई देउ न निरमाया, गाजलु भरेर कपाल कोरेर जान्छौ कि माइतिको देश” नामक गित र मायाको तिर्खा नमेटिएको गुनासो गरिएको “एक वारको चुम्बनले मेरो प्यास मेटिदैन्, न धोएर जान्छ तिम्रो सुगन्ध न साटेर साटिन्छ किन किन स्वाद तिम्रै मिठो लाग्छ” नामक दुई गितहरु रहेका छन् ।
रिपोर्टर्स क्लवमा भिडियो निर्माण पक्षले एक कार्यक्रम गरि भिडियो सार्वजनिक गरेका हुन् । प्रमुख जिल्ला अधिकारी लुकबहादर क्षेत्रीले म्युजिक भिडियोले महाबु क्षेत्रको प्रचार प्रसारमा सहयोग पुग्ने बताए । 
दैलेख सम्भावना धेरै भएको जिल्ला भएकोले बिभिन्न दृष्टिकोणबाट पहिचान बनाउने कार्य सुरु हुनु राम्रो काम भएको पुष्कर थापाले टिप्पणी गरेका छन् । म्यूजिक भिडियोमा श्याम विक, अभिषेक अनुराग, उत्तम श्रेष्ठ, विना तामाङ लगायतको टिम सहभागी भएको निर्देशक विशाल संदाशंकरले बताए । गितमा गायक अविशेक अनुरागले श्वर भरेका छन् । भिडियो सार्वजनिक पछि संक्षिप्त प्रतिक्रिया दिदै गायक तथा मोडल अविशेक अनुरागले म्युजिक भिडियो केहि समयमै युवटु्युव मार्फत सम्पूर्ण दर्शक माझ ल्याइने जानकारी दिएका छन् ।






